नेकपाका प्रवक्ता प्रकाण्डको पहलमा घाईते सहकारीको हेलिकप्टरबाट उद्धार

२०८२ असार ३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीको पहलमा रुप्सामा लडेर गम्भीर घाईते भएका एकजना विरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । नरहरीनाथ गाउँपालिका वडा नम्वर ५ घर भएका २५ बर्षिय राजेन्द्र सहकारी सोमवार घर छाउने दार बोक्ने क्रममा लडेर गम्भीर घाईते भएका थिए ।
सहकारी लडेर गम्भीर घाईते भएको खवर स्थानीय मार्फत प्रवक्ता प्रकाण्डसम्म पुगेलगत्तै उहाँले हेलिकप्टर पठाउने पहल गरेका थिए । प्रवक्ता प्रकाण्डले तत्कालै गृहमन्त्री रमेश लेखकसंग कुरा गरी नेपाली सेनाको हेलिकप्टर पठाएर उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ ।
विरामी राजेन्द्रको सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचार भईरहेको बताईएको छ । घर छाउने काठको दार वोक्ने क्रममा रुप्साघर नजिकै लडेर राजेन्द्र गम्भीर घाईते भएका थिए । राजेन्द्रको स्वास्थ्य अवस्था खतरामुक्त भएको अस्पताल श्रोतले जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विरामी राजेन्द्रका शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन । उनको यो पहलकदमीले विरामी वचाउने ठुलो काम गरेको भन्दै स्थानीयवासीहरु निकै हर्षित भएका छन ।-बसन्त विक

प्रतिक्रियाहरु

[anycomment]