‘अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कार्य नगरौं’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कार्य गर्न नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुद्वारा सोमवार आयोजित सहिद परिवारलाई घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुलाई ‘राम्रो काम’ गर्न शुभकामना दिदै भने- ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नुभयो तपाईंले गर्नुस् न, अरु मन्त्रीहरुले पनि राम्रो गर्नुस। तर यसको मतलव अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्ने तिरबाट सोच्नुपर्छ ।’
यसैगरी, महासचिव विप्लव सीले मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरेको विषयमा टिप्पणी गर्दै तलब नलिए के माटो खान्छन ? भन्ने प्रश्न गर्दै भने- , ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’
सुशिला कार्की नेतृत्वको सरकारका मन्त्रीहरुलाई तलब नलिए के माटो खान्छन ? भनी प्रश्न गर्नु भएको छ ।
महासचिव विप्लव सीले यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने बताउदै भने- ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ। ’
सुशिला कार्की नेतृत्वको सरकारका मन्त्रीहरुलाई तलब नलिए के माटो खान्छन ? भनी प्रश्न गर्नु भएको छ ।
महासचिव विप्लव सीले यस्ता व्यक्तिहरुले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको बताउदै भने- ‘हेर्नुस् धेरै कुराहरु छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ ।
यसैगरी, महासचिव विप्लव सीले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्ने बताउदै भने- ‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नुपर्छ। ’
महासचिव विप्लव सीले नेताहरु जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोले समस्या पैदा भएको बताउदै भने- ‘नेताहरु आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन् । सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’
उक्त कार्यक्रममा महासचिव विप्लव सीले शहीद परिवार देवीमाया वि.क.लाई तीनकोठे घर हस्तान्तरण गरेका थिए । महासचिव विप्लव सीले उक्त घर हस्तान्तरण कार्यक्रममा शहीदका सपनालाई बोकेर हिँड्ने प्रतिबद्धता जनाउदै भने- ‘हाम्रो प्रतिबद्धता छ, अन्तिमसम्म हाम्रा शहीदहरुका सपनालाई बोकेर हिँड्ने, हाम्रो देशको भविष्यलाई बोकेर हिँड्ने हाम्रो चाहना छ । त्यो अनुसार नै हामीले मिहिनेत गर्छौं ।’
स्मरणीय छ , देवीमायाले जनयुद्ध युद्धमा आफ्ना दुई छोरा राजु र शंकर गुमाएकि थिइन् ।