एमसिसि परियोजना खारेज गरियोस्

२०८२ आश्विन १३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुन: एमसिसि परियोजनालाई खारेज गर्न माग गरेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सी सोमबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। नेता भारत सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘हालै एमसीए नेपाल विकास समितिले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत ३१५ कि. मि विद्युत प्रसारण लाइन निर्माणका लागी सबै ठेक्का सम्झौता सम्पन्न गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली जनताले निरन्तर विरोध गर्दै आएको यो एमसीएको ठेक्का सम्झौता सम्पन्न
गरेको प्रति हाम्रो पार्टी घोर आपत्ति जनाउदछ । कामचलाउ सरकारले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यस्तो विवादित परियोजना लागू गर्ने अधिकार पनि राख्दैन। हाम्रो स्पष्ट धारणा छ कि एमसिसि परियोजनालाई नेपालको संविधान र कानूनभित्र ल्याइयोस या खारेज गरियोस् । अन्यथा देशभक्त जनताको झन ठुलो जनप्रतिवादको सामाना गर्नुपर्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]