नेकपा (माओवादी) का शीर्षस्थ नेता र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्षस्थ नेता र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जेन जी बिद्रोहपछि बिकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउदै गएको छ र सो पार्टी निर्वाचन आयोगमा दर्ता समेत भएको छ ।
यसैक्रममा उक्त पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले बिहिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्षस्थ नेताहरुले जेन जी विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन रहेको बताएका थिए। ऊनीहरुले अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजान र जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गर्न आग्रह समेत गरेको बताइएको छ।
