‘नेकपा (माओवादी) एकताबिरोधि होइन , प्रचण्ड र माधव छलफलबाट भागे’

२०८२ मंसिर १६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) एकताबिरोधि नभएको बताउदै प्रचण्ड र माधवहरु छलफलबाट भागेको खुलासा गरेका छन् । आइतबार दाङको तुलसीपुरमा पार्टीका जिल्ला स्तरीय नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव विप्लव सीले सो खुलासा गरेका हुन् ।
महासचिव विप्लव सीले प्रचण्ड र माधवहरुले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)माथि एकताबिरोधिको आरोप लगाउँदै हिडिरको बताउदै भने- -‘एकता नजिक पुगेको सत्य हो । नेकपा (माओवादी)एकताबिरोधि होइन कि प्रचण्ड र माधवहरु छलफलबाट भागेका हुन् । एकता सिद्धान्त , विचार र नितिको कुरा हो । छलफल गर्दै जाँदा माधवले माओवादी नमान्ने तर प्रचण्डहरु माओवाद छोड्न तयार भएपछि उहाँहरु मिल्नु भयो । हामि हाम्रो विचार , सिद्धान्त र महान आदर्श तिलाञ्जली दिन तयार भएनौँ । दिमाग नभएको मान्छे र सिद्धान्त नभएको पार्टी हुनु एउटै कुरा हो । उहाँहरुको पार्टीपनि त्यस्तै भएको छ ।’
यसैगरी, महासचिव विप्लव सीले प्रचण्डले तत्कालीन नेकपालाई एकतामा ल्याउन जाल थापेको समेत वताउदै भने – ‘प्रचण्डले तत्कालीन हाम्रो पार्टी नेकपालाई ल्याउन एकताको जाल हानेका थिए तर अहिले रन्थनिएका छन् । जालमा त किरा , फ्यागुता परेपछि जथाभावी बोलिरहेका छन् । प्रचण्ड सिद्धान्त , बाटो र नाम पनि बदल्दै एमालेकरण हुँदै गएका छन् ।’

यसैगरी, महासचिव विप्लव सीले आसन्न निर्वाचनमा पार्टी सहभागी हुने बताउदै भने – ‘निर्वाचनलाई संघर्षको मोर्चा बनाएर जाने निति बनाएका छौँ तर ब्यारेकको निर्वाचन स्वीकार गर्दैनौं। साम्राज्यवादी इशारामा आफ्ना प्रतिनिधि निर्वाचित गराउने षडयन्त्र भए प्रतिरोध गर्छौं ।’
यसैगरी, महासचिव विप्लव सीले नयाँ कम्युनिस्ट केन्द्र अनिबार्य भएको बताउदै भने- ‘कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्नेगरी सोच्नुपर्दछ। आजको संकटलाई सर्वपक्षीय अन्तरिम सरकार गठन गरि हल गर्नुपर्दछ । अन्तरिम सरकारले संविधान संसोधन ,पुनर्लेखन गरि राज्यको पुनर्संरचना गर्नुपर्दछ भने अग्राधिकारसहितको समाजवाद निर्माण हाम्रो एजेन्डा हो ।’
यसैगरी, महासचिव विप्लव सीले सरकारले तोकेकै समयमा निर्वाचन हुने कुरा असम्भव भएको भएपनि निर्वाचनका लागि पार्टी चुनावमा भिड्ने र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गरेर पार्टीले गुलावको फूलको चन्ह लिएको बताए । उनले पार्टीले आफ्नै बलबुताले आगामी निर्वाचन भाग लिने र त्यसका लागि पार्टीका नेताकार्यकर्ताहरु ढुक्क भएर जनताकोबीचमा जानुपर्ने बताए । उनले देशभर राम्रा उम्मेदवारहरुलाई लिएर पार्टी चुनावमा लड्ने र संघर्ष गरेर अगाडि बढ्ने तर आवश्यक परे चुनावी मोर्चा बनाएर भएपनि निर्वाचनमा भाग लिनेसमेत बताए ।
सोहि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का पोलिटब्यूरो सदस्य शितल सीले देश आज भिन्नै प्रवृत्ति उभिरहेको कुरामा जेनजी बिद्रोहले नेपालको दलाल व्यवस्थाको जरा हल्लाइदिएको बताउदै जेनजी बिद्रोह आफ्नो पक्ष नभएपनि क्रान्तिको ढोका खोलिएको धारणा व्यक्त गरे । उनले जेनजी बिद्रोहबाट नेपालमा लामो समयदेखि शासन गर्दै आएका तीन ठूला पार्टीलाई धुलो चटाइदिएकोबताए । उनले चुनाव भनेको पार्टीको एउटा संघर्षको मोर्चा भएको र पार्टीको आवश्यकता अनुसार विभिन्न मोर्चाहरुको माध्यमबाट पार्टीलाई अगाडि बढाउने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)दाङका इञ्चार्ज सविन सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय स्कूलिङ विभागका प्रयास सी, पार्टीका केन्द्रीय सदस्यहरु प्रदीप सी, पाटन सी , विकाश सी , निर्मल सी , प्रदिप सी , विक्रम सी , जिवनी सी , केन्द्रीय सल्लाहकार सुन्दर सी लगाएतका पार्टीका जिल्ला नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]