अल्गोरिदम भनेको के हो र यसले कसरी काम गर्छ ?

२०८२ माघ १९ गते, सोमबार


एल्गोरिदम कुनै पनि समस्यालाई समाधान गर्नका लागि बनाइएको हुन्छ र यसले कुनै पनि समस्यालाई चरणबद्ध रूपमा समाधान गर्ने गर्छ । उदाहरणका लागि मान्नुस् तपाईंले कसैलाई फोन गर्नु पर्ने भयो । फोन गर्नपूर्व पनि हामीले निकै धेरै कामहरू गर्नु परिरहेको हुन्छ । जस्तो सबैभन्दा पहिले फोन अफ छ वा अन छ भनेर हेर्नु पर्ने हुन्छ । यदि अन छ भने केही गर्नु परेन । तर, फोन अफ छ भने त्यसलाई अन गर्नु पर्ने हुन्छ । फोन अन भइसकेपछि कसलाई कल गर्नु पर्ने हो त्यो व्यक्तिको नम्बर डायल गर्नु पर्ने हुन्छ । फोन नम्बर डायल गरिसकेपछि फोनको रिङको प्रतिक्षा गर्नु पर्ने हुन्छ । यदि फोन गरेको व्यक्तिले फोन उठायो भने केही कुरा गरेर फोन राख्छौँ । फोन गर्ने यि जुन प्रक्रियाका लागि पनि एक प्रकारको झन्झट झेल्नु पर्छ
हामीले त्यसको कुनै एउटा क्रम बिर्स्यौँ भने फोन गर्ने कामले पूर्णता पाउन सक्दैन । हामी फोन गर्ने यि क्रमहरूलाई आफ्नो तरिकाले परिवर्तन गर्न पनि सक्दैनौँ । त्यही कुराको समाधानका लागि हामीले सबै प्रक्रिया क्रमबद्ध रूपमा पालना गर्नुपर्ने हुन्छ । हामीले पालना गर्नु पर्ने यही क्रमबद्ध प्रक्रियाको समूहलाई एल्गोरिदम भन्ने गरिन्छ ।
अब जानौँ एल्गोरिदमको लक्षणका बारेमा । किनभने एल्गोरिदममा यसका सम्पूर्ण आवश्यक विशेषताहरू समावेश हुन्छन् । त्यसका केही आवश्यक विशेषताहरू यहाँ उल्लेख गरिएका छन् ।
सीमितता हुनु
एउटा एल्गोरिदमले जति कम समयमा आफ्नो पूरा काम सम्पन्न गर्छ त्यो उत्तिकै उत्कृष्ट मानिन्छ । त्यसमा जहिले पनि क्रमहरू जोडिएका हुन्छन् । त्यसैले सीमितताले एल्गोरिदममा निकै ठूलो भूमिका खेलेको हुन्छ ।
निश्चित रूपमा परिभाषित गरिनु
एल्गोरिदमका हरेक क्रमहरू निश्चित रुपमा परिभाषित गरिएका हुन्छन् । जसलाई सहजै पढ्न सकिन्छ । त्यसैले सम्पूर्ण क्रमहरू निश्चित रूपमा परिभाषित गरिनु पनि एल्गोरिदमको एक विशेषता हो ।
इनपुट
एउटा विशिष्ट एल्गोरिदम सधैँ विशिष्ट इनपुट लिने गर्छ । जति उत्कृष्ट इनइपुट एल्गोरिदमले लिन सक्यो, परिणाम उत्तिकै उत्कृष्ट आउँछ ।
आउटपुट
एल्गोरिदम इन्पुट लिएजस्तै सधैँ उत्कृष्ट आउटपुट लिने गर्दछ । जति उत्कृष्ट आउटपुट एल्गोरिदमले लिन सक्यो, परिणाम पनि उत्तिकै उत्कृष्ट आउँछ ।
प्रभावकारिता
एल्गोरिदमको माध्यमबाट सधैँ समस्या समाधान नै हुनु पर्ने हुन्छ । त्यसले एल्गोरिदमको प्रभावकारिता उचाइमा हुने गर्छ ।
स्पष्टता
एल्गोरिदम सधैँ सही र स्पष्ट हुन निकै आवश्यक हुन्छ । जसबाट त्यहाँ भएका लाइन र नम्बरको केही अर्थ निक्लिन सकोस् । यो त भयो एल्गोरिदमको विशेषता । अब जानौँ यो कहाँ उपयोग हुन्छ भन्ने बारे । तपाईंहरूलाई थाहा नै होला, अहिले एल्गोरिदम जहाँकही जुनसुकै समस्याको समाधान क्रमबद्ध रूपमा निकाल्न उपयोग भइरहेको हुन्छ ।
एल्गाेरिदम जुनसुकै क्षेत्रमा प्रयोग गर्न सकिने भए पनि प्रायः उद्योग, कम्पनी, प्रोग्रामिङ आदिमा प्रयोग धेरै प्रयोगमा आएको देखिन्छ । यसलाई धेरै जसो गणितिय समस्या समाधान गर्न प्रयोग गरिन्छ । त्यसका लागि पनि एउटा राम्रो एलगोरिदम प्रयोग गरिएको हुन्छ । फेसबुक, सर्च इन्जिन, गुगल म्याप्स पनि एल्गोरिदमकै माध्यमबाट काम गरिरहेका हुन्छन् । त्यस्तै कम्प्युटर वैज्ञानिक, सफ्टवेयर इन्जिनियर पनि यसको प्रयोग गरिरहेका हुन्छन् । यसले गर्दा काम सहज त हुन्छ नै साथैसाथै कम समयमा सबै काम सम्पन्न गर्न सकिन्छ । गल्तीहरू नहुन् भन्नका लागि फ्लो चार्टमा पनि एउटा उचित एल्गोरिदमको प्रयोग गरिन्छ । केही विशेष क्षेत्र जस्तै स्पेस रिसर्च, रोबोर्ट, आर्टिफिसयल इन्टेलिजेन्समा पनि यसको उपयोग मुख्य रुपमा गरिएको हुन्छ । प्रोग्राम लेख्नुभन्दा पहिले कम्प्युटर प्रोग्रामिङमा पनि एल्गोरिदम प्रयोग गरिन्छ ।
यदि तपाईं कम्प्युर वा आईटी क्षेत्रको विद्यार्थी हो र तपाईंलाई प्रोग्रामिङ लेख्न पर्यो भने धेरै गल्तीहरू देखआ पर्छन् । त्यस्ता सानादेखि ठूला समस्या समाधान गर्न एल्गोरिदम प्रयोग गर्नुपर्ने हुन्छ ।
एल्गोरिदमका फाइदाहरू
एल्गोरिदमको माध्यमबाट कुनै पनि समस्या सहजै समाधान गर्न सकिन्छ ।
एल्गोरिदम एउटा निश्चित प्रक्रियाको उपयोग गर्छ ।
यो कुनै पनि प्रोग्रामिङ ल्याङ्गोइजमा निर्भर हुँदैन । त्यसैले प्रोग्रामको ज्ञान नहुँदा पनि एल्गोरिदमबारे बुझ्न निकै सहज हुने गर्छ ।
एल्गोरिदममा प्रत्यक चरणका आफ्नै अनुक्रम हुन्छन् । त्यसैले यसलाई डिकोड गर्न निकै सहज हुन्छ ।
एल्गोरिदमलाई फ्लो चार्टमा रुपान्तरण गर्न सकिन्छ । यसपछि एल्गोरिदमलाई कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वाइजमा बदल्न सकिन्छ ।
एल्गोरिदम वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्स जस्तो सम्भावित शक्तिशाली प्रविधिको मुटु नै हो । एल्गोरिदम पहिलेदेखि नै मसिन लर्निङ जस्ता प्रविधिको आधार हो । यसकारण हरेक दिन नयाँ नयाँ प्रविधिका फिचर बढाउँदै गइरहेका छौँ । आज एल्गोरिदम भर्चुअल असिसटेन्स वा अटोनोमस गाडी जस्ता प्रविधिमा पनि प्रयोग गरिन्छ ।
के सामाजिक सञ्जालको लाइक, कमेन्ट र फलोअर पनि किनबेच गर्न मिल्छ ?
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा कसको धेरै फलोअर छन् वा कसको पोस्टमा कति लाइक र कमेन्ट आउँछन् भन्ने कुराले व्यक्तिको लोकप्रियता र ब्रान्डको मूल्य निर्धारण गर्न थालेको छ । तर, के यो सबै सङ्ख्या वास्तविक नै हुन्छ त ? विभिन्न तथ्य र अनुसन्धानहरूले देखाए अनुसार, सामाजिक सञ्जालमा लाइक, कमेन्ट र फलोअर को एउटा ठुलो भूमिगत बजार (ब्ल्याक मार्केट) सक्रिय छ, जहाँ पैसाको बदलामा कृत्रिम लोकप्रियता खरिद गर्न सकिन्छ ।
विश्वभर हजारौँ त्यस्ता सेवा प्रदायकहरू छन्, जसलाई एसएमएम प्यानल (सोसल मिडिया मार्केटिङ प्यानल) भनिन्छ । यस्ता प्यानलहरूले फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटक जस्ता प्लेटफर्ममा नक्कली इङ्गेजमेन्ट उपलब्ध गराउँछन् । अनुमानित रूपमा सामाजिक सञ्जाल प्लेटफर्म अनुसार २० प्रतिशतसम्म बट अकाउन्ट वा स्पाम अकाउन्ट हुन्, जसको मुख्य काम नै पैसा लिएर अरूको फलोअर सङ्ख्या बढाउनु हो । यी सेवाहरूमा दुई प्रकारका प्रविधि प्रयोग गरिन्छ: सोसल बट र क्लिक फार्म । सोसल बट (Social Bots) पूर्ण रूपमा अटोमेटेड सफ्टवेयर हो, जसले मानिसले झैँ लाइक गर्ने, पोस्ट गर्ने र च्याट गर्ने क्षमता राख्छ ।
त्यस्तै क्लिक फार्म (Click Farms) मा भने कम ज्याला भएका देशहरू (जस्तै भारत, पाकिस्तान, भियतनाम र इन्डोनेसिया) मा मानिसहरूलाई नै पैसा दिएर दिनभरि विभिन्न अकाउन्टबाट लाइक र क्लिक गर्न लगाइन्छ । यस्ता पेड-टु-क्लिक (PTC) साइटहरूले विज्ञापनदाताहरूलाई झुक्याउन करोडौँ डलर खर्च गरिरहेका हुन्छन् । यो व्यवसाय केवल अनैतिक मात्र होइन, कतिपय अवस्थामा गैरकानुनी समेत मानिन्छ । सामाजिक सञ्जालका ठुला कम्पनी र नियामक निकायहरूले यस विरुद्ध कडा कदम चालिरहेका पनि छन् । फेसबुकले इन्स्टाग्राममा लाखौँ नक्कली लाइक र फलोअर बिक्री गर्ने न्युजिल्यान्डको एउटा कम्पनी विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । मेटाको दाबी छ कि यस्ता कार्यले उनीहरूको सेवाको सर्त उल्लङ्घन गर्छ र प्रयोगकर्ताको विश्वास तोड्छ ।
अमेरिकाको सङ्घीय व्यापार आयोग (एफटीसी) ले हालै एउटा नयाँ नियम जारी गर्दै व्यवसायहरूलाई नक्कली रिभ्यु पोस्ट गर्न वा नक्कली फलोअरहरू खरिद गर्न प्रतिबन्ध लगाएको छ । एफटीसीको चेतावनी अनुसार, यो नियम उल्लङ्घन गर्ने व्यवसाय वा इन्फ्लुएन्सरहरूले प्रति उल्लङ्घन करिब ५२ हजार डलरसम्मको जरिबाना भोग्नुपर्ने हुन सक्छ ।
सामाजिक सञ्जाल प्लेटफर्महरू (जस्तै फेसबुक र इन्स्टाग्राम) ले यदि कुनै अकाउन्टले नियम विपरीत नक्कली लोकप्रियता बढाएको फेला पारेमा उक्त अकाउन्टलाई स्थायी रूपमा बन्द गर्न सक्ने अधिकार राख्छन् ।
धेरै नयाँ इन्फ्लुएन्सर वा साना ब्रान्डहरूले शून्य फलोअरबाट सुरु गर्न अप्ठ्यारो मानेर केही फलोअर खरिद गर्ने गर्छन् । तर, विज्ञ तथा जानकारहरूका अनुसार यो दीर्घकालीन रूपमा ‘आत्मघाती’ साबित हुन सक्छ । नक्कली फलोअरहरूले कहिल्यै पनि सामान खरिद गर्दैनन् वा वास्तविक कुराकानीमा भाग लिँदैनन् । यसले गर्दा अकाउन्टको इङ्गेजमेन्ट रेट घट्छ र सामाजिक सञ्जालको अल्गोरिदमले त्यस्ता पोस्टहरूलाई अरू मानिससम्म पुग्नबाट रोक्छ ।
अचेल ठुला कम्पनीहरूले इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्नुअघि उनीहरूको फलोअरको गुणस्तर जाँच गर्छन् । यदि फलोअरहरू नक्कली फेला परेमा, इन्फ्लुएन्सरको विश्वसनीयता समाप्त हुन्छ र उनीहरूले पाउने व्यावसायिक अवसरहरू गुम्छन् । त्यसैले सामाजिक सञ्जालको लाइक र फलोअर किनबेच हुने कुरा एक तितो यथार्थ हो । यद्यपि यसले क्षणिक रूपमा सङ्ख्या ठुलो देखाउन सक्छ, तर यसको कानुनी, नैतिक र व्यावसायिक परिणामहरू निकै जोखिमपूर्ण छन् । अनुसन्धानकर्ताहरूको सुझाव छ कि वास्तविक सफलताका लागि नक्कली सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री र वास्तविक समुदाय निर्माणमा ध्यान दिनु नै बुद्धिमानी हुन्छ ।
कसरी चिन्ने नक्कली लाइक, कमेन्ट वा फलोअर ?
सामाजिक सञ्जालमा नक्कली लाइक, कमेन्ट वा फलोअर पहिचान गर्न प्रोफाइलको बनावट, गतिविधि र इङ्गेजमेन्टको प्रकृतिलाई नजिकबाट नियाल्नुपर्छ । नक्कली वा बट अकाउन्टहरूको प्रोफाइल प्रायः अपूर्ण वा शङ्कास्पद हुन्छ । त्यस्तै बट अकाउन्टहरूको युजरनेममा प्रायः जथाभाबी अक्षर र अङ्कहरूको प्रयोग गरिएको हुन्छ जुन पढ्न गाह्रो वा अर्थहीन देखिन्छ ।
नक्कली अकाउन्टहरूमा प्रायः प्रोफाइल तस्विर हुँदैन, वा भए पनि ती स्टक तस्विर, कार्टुन वा एआई निर्मित हुन सक्छन् । वास्तविक प्रयोगकर्ताहरूले सामग्रीसँग सम्बन्धित रहेर प्रतिक्रिया दिन्छन्, जबकि नक्कली इङ्गेजमेन्टमा केही भिन्नताहरू देखिन्छ । कमेन्टहरूमा केवल इमोजी मात्र हुनु वा Nice post, Good जस्ता सामान्य र दोहोरिने शब्दहरूको प्रयोग हुनु नक्कली इङ्गेजमेन्टको सङ्केत हो ।
धेरै अकाउन्टहरूबाट हुबहु एउटै शब्द वा वाक्यहरू कमेन्ट गरिनुले ती अकाउन्ट कुनै स्क्रिप्ट वा अटोमेसनबाट सञ्चालित भएको देखाउँछ । बट र क्लिक फार्महरूले निश्चित ढाँचामा काम गर्ने भएकाले उनीहरूको गतिविधि मानवीय स्वभाव भन्दा फरक देखिन्छ । वास्तविक मानिसहरू दिनभरि विभिन्न समयमा सक्रिय हुन्छन्, तर बटहरू अचानक ठुलो सङ्ख्यामा सक्रिय हुने र फेरि लामो समय शान्त रहने गर्दछन् ।
यदि धेरै फलोअरहरूले एकै महिनामा अकाउन्ट खोलेका छन् वा उनीहरूको पोस्ट गर्ने समय ठ्याक्कै मिल्छ भने त्यो एउटा सङ्गठित सञ्जालको हिस्सा हुन सक्छ ।

प्रतिक्रियाहरु

[anycomment]