नेकपा (माओवादी) कालिकोटद्वारा मतदाताहरुलाई जिल्ला फर्किन अपिल

२०८२ माघ २४ गते, शुक्रबार

काठमाडौँ । नेकपा (माओवादी) कालिकोटले रोजगारी, अध्ययन लगायत कामको शिलशिलामा जिल्ला बाहिर रहेका सबै मतदाताहरुलाई जिल्ला फर्किन विशेष अपिल गरेको छ । नेकपा माओवादी कालिकोटका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले शुक्रवार मतदाताका नाममा अपिल जारी गर्दै रोजगारी, अध्ययन लगायत कामको शिलशिलामा जिल्ला बाहिर रहेका सबै मतदाताहरुलाई जिल्ला फर्किन विशेष अपिल गरेका हुन् ।
यस बिषयमा नेकपा माओवादी कालिकोटका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले जारी गरेको अपिल यस प्रकार रहेको छ -‘इतिहासको निकै संवेदनशील घडिमा आएको फागुन २९ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन गईरहेको सबैमा अवगत छ नै । यो बेला अग्रगमन र प्रतिगमन बीचको लडाईं चल्नेरहेको छ । राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न निकै पेचिलो बनेको छ । साम्राज्यवादका दलालहरुको कारण देशको स्वाधीनता गम्भीर खतरामा परेको छ । नयाँ जेलेन्सकीहरु उत्पादन गर्ने षडयन्त्र हुँदै छ । असफल संविधान र दलाल संसदीय व्यवस्थाका कारण देशमा बेरोजगार, भ्रष्टाचार र कमिसनतन्त्रले सीमा नाघेको छ । राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न मुख्य बनेर अगाडी आएको छ । देशको बेरोजगार, भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य अनिवार्य बन्न गएको छ । यसका लागि संविधानको पुनलेखन, कार्यकारी राष्ट्रपतीय प्रणाली, भ्रष्टाचारलाई सर्वस्व सहित जन्मकेंदको व्यवस्था लगायतका एजेण्डा बोकेर नेकपा (माओवादी) १८ वर्षपछि पहिलो पटक चुनावी मैदानमा सहभागी हुदैछ । जेनजीं विद्रोहले पुरानो दलहरलाई असफल भएकृ पुष्टि गर्दै सडकमा पुऱ्याएको बेला हुन गईरहेको प्रतिनिधि सभाको चुनाव विगतमा हुने चुनाव भन्दा धेरै फरक छ । हाम्रो पार्टी यतिबेला हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा देश, जनता र जेनजीं विद्रोहका मागहरु पुरा गराउन सहभागी हुदैछ ।
यस जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिनु भएका हाम्रो पार्टीका प्रवक्ता तथा यस जिल्लाका जनयुद्धका संस्थापक क्रान्तिकारी तथा राष्ट्रबादी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) हुनुहुन्छ । उहाँ कालिकोट मात्र होइन कर्णालीको जनताको मुक्तिको लागि समाजमा भएका सवै प्रकारका विभेदहरुको अन्त्य गर्न लाग्यो समयदेखि संघर्षरत राष्ट्रिय नेता भएको कुरापनि यहाँहरु सबैलाई अवगत नै छ । एकपटक उहाँलाई कालिकोटवासी जनताले आफ्नो अमूल्य मत दिएर विजय गराउनु हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं । देश राष्ट्रिय स्वाधीनता र पराधिनता, समाजवाद र नवदलाल संसद्वादको संघर्षबिचको निर्वाचनमा होमिएको छ । यो बेला हाम्रो पार्टी नेपाली विशेषताको समाजवाद र राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा खरो रुपमा उभिएको छ । पार्टीले चुनावलाई पनि एउटा संघर्षको मोर्चाका रुपमा लिएको छ । यो संघर्षको मोर्चामा देश विदेशमा रहनु भएका सवै कालिकोटवासी आदरणीय मतदाताहरुलाई जिल्लामा फर्केर मतदान कार्यमा सहभागी हुन बिनम्र आग्रह गर्दछौ ।
अन्तमा, दलाल पुँजीवादकै कारण बेरोजगारी समस्या उब्जिएको हो । सहि नेता छान्न नसक्दा र सहि व्यवस्था अपनाउन नसक्दा हामी सघैं रोजारोरीको लागि अर्कोको गुलाम हुदै विदेश जानु परेको छ । यसको अन्त्यका लागि समाजवादी व्यवस्था जरूरी छ । समाजवादका लागि सहि नेता जरूरी छ । त्यसका लागि जिल्ला वाहिर र देश वाहिर रोजगार,अध्ययन लगायतको शिलशिलामा जानु भएका सवै मतदाताहरुको समयसमयमा जिल्लामा फर्केर जनताको नेता क.प्रकाण्डलाई मतदान गर्न विशेष अपिल गर्दछौ । जिल्लामा फर्किदा यहाँहरुलाई पर्ने विशेष कठिनाईको सहजिकरण गर्न पार्टी सदैव तयारी छ । ‘

प्रतिक्रियाहरु

[anycomment]