भूकम्पपछि भेटिएको नवौँ शताब्दीको मूर्ति स्थापना

२०८२ फाल्गुन १२ गते, मंगलवार


काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा मंगलबार स्थापना गरिएको हो ।
मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले १२ लाख रुपैयाँ तथा स्थानीयले चन्दा दिएका थिए । मन्दिरको प्रारूप कीर्तिपुर नगरपालिका-६ का प्राविधिक प्रभाष महर्जनले तयार गरेका हुन् । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ । –रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार