फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

२०८२ चैत्र १ गते, आईतवार


काठमाडौँ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ। भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन्। सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ। फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ। कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ।
सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन्। प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार