कम्युनिष्ट एकता नयाँ बैचारिक प्रतिबद्धताबाट मात्र सम्भव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नयाँ बैचारिक प्रतिबद्धता विनाको एकताले कम्युनिष्ट आन्दोलनको रक्षा र रुपान्तरण सुन नसक्ने ठोकुवा गरेका छन् । सो पार्टीको केन्द्रीय प्रतिनिधि समितिको सातौं पूर्णबैठकलाई आईतवार कपिलवस्तुमा सम्वोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले नयाँ बैचारिक प्रतिबद्धता विनाको एकताले कम्युनिष्ट आन्दोलनको रक्षा र रुपान्तरण हुन् नाकने ठोकुवा गर्दै कम्युनिष्ट एकता नयाँ बैचारिक प्रतिबद्धताबाट मात्र सम्भव हुने बताए । उनले नेपालका कम्युनिष्टहरुमा विचारको खडेरी परेको उल्लेख गर्दै विचार विहिनताले कम्युनिष्ट जनमत कमजोर भएको बताए ।
यसैगरी, महासचिव विप्लव सीले दलाल पुँजीवाद रहेसम्म कम्युनिष्ट क्रान्तिकारीहरुले निरन्तर क्रान्ति गर्नु पर्ने बताए। उनले एकीकृत जनक्रान्तिको मोर्चा चुनाव मात्र नभएको स्पष्ट पार्दै एउटा मोर्चा हार्दैमा निरास हुनु नपर्ने बताए ।
महासचिव विप्लव सीले क्रान्तिकारीहरुको लागि जोखिम र अवसर दुवै नजिक देखिएको तथ्य प्रस्तुत गर्दै इमान्दारपूर्वक जनताको आवाज उठाउन र जनताको पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने- “फेरी पनि क्रान्ति हो, क्रान्ति भन्दा अर्को विकल्प छैन, हाम्रो जीवन क्रान्ति हो, दलाल पुँजीवाद रहेसम्म निरन्तर क्रान्तिकारीहरुले संघर्ष गर्नु पर्छ।”
यसैगरी, महासचिव विप्लव सीले कहिले काँही असत्य कुराको जित देखिए पनि, सत्य कुरा ओझेलमा परेपनि तर अन्ततः सत्य विचारको जीत हुने बताए । उनले नेकपा (माओवादी) श्रमजीवी सर्वहारा वर्गको मुक्तिका लागि एकीकृत जनक्रान्तिको सत्य विचार लिएर लडिरहेकाले अन्ततः विजयी हुने दृढता ब्यक्त गर्दै जेनजी आन्दोलनमा अमेरिकी एजेण्डहरु घुसपैठ गरी बनेको अन्तरिम सरकार र त्यसले गरेको चुनावबाट बनेको वालेन सरकारले सुकुम्वासीमाथि दमन गरिरहेको भन्दै विरोध जनाए ।
बैठकमा महासचिव विप्लव सीले राजनीतिक प्रतिवेदनमाथिको जवाफ दिएपछि सहभागीहरुले प्रतिवेदन सर्वसहमत पारित गरेका थिए । यसअघि बसेको पार्टीको केन्द्रीय समिति, पोलिट व्यूरो र स्थायी समितिको बैठकले सो प्रस्ताव पारित गरेको थियो ।
