राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न मिल्ने  !

२०८३ असार ५ गते, शुक्रबार

काठमाडौँ ।   सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्ति आफैंले डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा यो सेवा शुरु गरेको हो । विभागको राष्ट्रिय परिचयपत्र सम्बन्धी वेबसाइटमार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिने भएकाे छ । विभागले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्म मिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने जनाएको हाे ।

विभागले कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब कार्डमा रहेको क्युआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार

२ लाखभन्दा धेरै बेटिङ एप बन्द !

२०८३ श्रावण ८ गते, शुक्रबार