ट्राफिक कारबाही : २४ घण्टामा झन्डै २३ लाख राजस्व संकलन
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत २४ घण्टामा दुई हजार ६ सय ४१ सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाहीमा परेको र यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५ सय ८ रुपैयाँ राजस्व संकलन भएको छ । ट्राफिक प्रहरी कार्यालयले मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५४ र तीव्रगतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय २२ जनालाई कारबाही गरिएको जानकारी गराएकाे छ ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १९, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय १९, एकतर्फी बाटोमा सवारी चलाउने एक सय र अन्य सवारी नियम पालना नगरेका एक हजार ६ सय ८८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे हाे ।
