नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

२०८३ असार ९ गते, मंगलवार


काठमाडौँ । नबिल बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख ८९ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु