पूर्वमेयर सिंह मृत भेटिए

२०८३ श्रावण २४ गते, आईतवार

काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । प्रहरीले तीन दिनदेखि सम्पर्कविहीन सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार दिउँसो फेला परेको जनाएको छ।
कांग्रेसका नेतासमेत रहेका सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकलपूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो। सिंह २०७४ सालमा कपिलवस्तु नगरको मेयरनिर्वाचित भएका थिए।

प्रतिक्रियाहरु

[anycomment]