२४ घण्टामा ५१४ जना सवारी चालकलाई ट्राफिक कारबाही

२०८३ भाद्र १३ गते, शनिबार


काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्फत ५०, रातोबत्तीमा २२ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको १५, एकतर्फीमा ५ र अन्यमा १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]