रेग्मीलाई लालटेन उपहार
काठमाडौ । बढ्दो विद्युत्भार कटौतीविरुद्ध आन्दोलनरत सप्तरी उद्योग वाणिज्य सङ्घले साङ्केतिक विरोधस्वरुप आज प्रमुख जिल्ला अधिकारीमार्फत अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई लालटेन उपहार पठाएको छ ।जिल्लामा चौबिसौँ घन्टा विद्युत् आपूर्ति गर्नुपर्ने, भारत सरकारबाट कोसी सम्झौताअनुसारको सम्पूर्ण विद्युत् सप्तरीमा दिनुपर्ने र सप्तरीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने मागसहित उद्योग वाणिज्य सङ्घ आन्दोलनमा उत्रेको हो ।यसअघि आन्दोलनरत व्यापारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रिपरिषद्का अध्यक्षलाई ज्ञापनपत्र र हस्ताक्षर सङ्कलन गरी पठाएका थिए ।
