माओवादीको केन्द्रीय समितिको बैठक आज सकिने

काठमाडौ, । नेकपा–माओवादीको जारि केन्द्रीय समितिको बैठक आज सकिने भएको छ । हिजो केन्द्रीय समिति विस्तार गरेको नेकपा–माओवादीले आज सरकारविरुद्ध गर्ने आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्नेछ ।
आजको बैठकले केन्द्रीय नेताहरुको कार्य विभाजन, सरकार विरुद्ध गर्ने संघर्षका कार्यक्रम र पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ।