दमन गरेर त हेर, परिणाम कस्तो निस्कन्छ: बिप्लब

२०७० बैशाख ५ गते, बिहीबार


काठमाडौ, । नेकपा-माओवादी सचिव नेत्रविक्रम चन्द ‘बिप्लब’ले आफूहरूको आन्दोलनलाई दमन गर्ने प्रयास गरे बन्दुक उठाउन तयार रहेको चेतावनी दिएका छन । नेकपा-माओवादीलगायत ३३ दलद्वारा आयोजित विरोधसभामा सचिव ‘बिप्लब’ले भने, ‘दमन गरेर त हेर, परिणाम कस्तो निस्कन्छ।चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारको खारेजी नभएसम्म वार्तामा नबस्ने उनले बताए । असंवैधानिक जगमा बनेको सरकारसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको ‘बिप्लब’ले उल्लेख गरे । रेग्मी नेतृत्वको सरकारले गराउने नयाँ संविधानसभा चुनावको कुनै अर्थ नभएको उनको भनाइ थियो ।


प्रतिक्रियाहरु

[anycomment]