मजदुर दिवस मनाइदै

काठमाडौं, आज १ सय २४ औं अन्तराष्ट्रिय मजदूर दिवस, मजदूर दिवसको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ। अमेरिकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने २००३ साल फागुन २१ गते विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदुर आन्दोलन शुरु भएको थियो। त्यसैबेला देखि नेपालमा निरन्तर मजदुर दिवस मनाउन थालिएको हो। मजदूर दिवसको अवसरमा नेकपा–माओवादी निकटको मजदुर संगठनले वषन्तपुरमा कार्यक्रम राखेको छ ।