प्रचण्डको ‘किर्तिमान’

२०७० बैशाख १९ गते, बिहीबार


काठमाडौं । एउटै आमसभालाई एकै नेताले दुइ चोटी सम्वोधन गरेको विश्व इतिहासमा पनि सुनिएको छैन्। तर मे दिवसको अवसरमा इटहरीमा पार्टीले आयोजना गरेको एउटै आमसभालाई दुइ पटक सम्वोधन गरेर एमाओवादी अध्यक्ष प्रचण्डले इतिहास कायम गरेका छन् । त्यसैले यसलाई प्रचण्डको ‘किर्तिमान’ भएको विश्लेषण गरिएको छ।
प्रचण्ड आफ्नो भाषण टुङ्गाएको केहीबेरमै फेरी रोष्टममा उभिए ,पहिलो पटक २० मिनेट भाषण गरेका प्रचण्डले दोस्रो भाषणा २ मिनेटमै भाषणा सिद्धाए । प्रचण्डको भाषणा सकिएको भन्दे कार्यकर्ता घरतिर फर्कीन लागेका थिए, मञ्चवाट फेरी प्रचण्डलाइ संवोधन गर्न बोलाइयो ।सुरुमा कतिपयले उदघोषक हेमन्त प्रकाश ओली झुक्किएकी भनेर हासे तर प्रचण्ड साच्चिकै उठेर भाषणा गर्न मञ्चमा पुगे । प्रचण्डको पहिलो भाषणमा छुटेको रहेछ, अरुण तेस्रो जलविद्युत आयोजनाको काम अगाडि बढाउने ।‘अघि बोल्दा बोल्दै एउटा कुरा छुटेछ, प्रचण्डले भने–भारत भ्रमणका क्रममा अरुण तेस्रोलाइ अगाडि बढाउने कुरा भएको छ, पूर्वाञ्चलका जनताको लागि यो खुसीको कुरा हो ।’ प्रचण्डले छुटाएको अर्को कुरा रहेछ, इटहरीको जनताको सुकुम्बासीका लागि जग्गाको व्यबस्था गर्ने, उनले भने त्यो कुरापनि उच्चस्तरिय राजनीतिक संयन्त्रमा राख्छु ।

प्रतिक्रियाहरु

[anycomment]