यथास्थितिमा चुनाब सम्भब छैन : गौरब

२०७० बैशाख २२ गते, आईतवार

काठमाडौ ,नेकपा– नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले यथास्थितिमा संविधानसभाको चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन। आफुहरुको मागको सम्बोधन नभए सम्म कुनैपनि हालतमा चुनावमा सहभागी नहुने र चुनाव हुन पनि नदिने उनको भनाइ छ ।
तेह्रथुमको म्याङ्लुङ्गमा पत्रकारसंग कुरा गर्दै गौरबले चार दलबीच भएको ११ बँदे सहमति र राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउको खारेजी नभए सम्म निर्वाचनको कुनै पनि गतिबिधी अघि बड्न नदिने बताए। उनले वर्तमान सरकारको बर्खास्त गरेर सर्वदलिय सम्मेलन मार्फत दलहरुको नेतृत्वमा सरकार नबाउँनु पर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

[anycomment]