लिम्बुवानको बन्द जारी
काठमाण्डौं । नागरिकता वितरण र मतदाता सङ्कलन कार्य बन्द गर्नुपर्ने लगायतका माग राखी गत शनिबारदेखि संघीय लिम्बुवान राज्य परिषदले गरेको बन्दका कारण आज पनि पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण अरुण-सप्तकोसी पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सङ्ख्ुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका छन् भने मोरङ र सुनसरी जिल्लामा असर परेको छ । लिम्बुवानको हडतालका कारण सार्वजनिक यातायातका मजदुर, दैनिक रोजगारी गर्ने मजदुरहरू मारमा परेका छन् भने लामो तथा छोटो दूरीमा आवागमन गर्ने यात्रुहरू बिचल्लीमा परेका छन् भने बन्दको मारमा शिक्षण क्षेत्र पनि परेको छ ।