राष्ट्रपति कार्यालय घेरिदै

काठमाडौ, । नेकपा- माओवादी लगायतका ३३ दलले आज राष्ट्रपति कार्यालय घेराउ गर्ने भएका छन् ।
चार दलबीच भएको ११ बुँदे सहमति र राष्ट्रपतिबाट जारी २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज गरी दलीय नेतृत्वमा सरकार गठन माग राखेर आन्दोलनरत नेकपा माओवादीसहितका ३३ दलले आज राष्ट्रपति कार्यालय घेराउ गर्न लागेका हुन् ।
हिजो बसेको ३३ दलको बैठकलआन्दोलनका कार्यक्रम तय गरेको हो । उनीहरुले शनिबार र आइतबार मसाल जुलुस निकाल्ने कायर्यक्रम तय गरेका छन ।
यस्तै उनीहरुले मतदाता नामावली संकलन कार्यक्रममा अवरोध खडा गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन् ।