सर्बदलिय बैठकको अर्थ र औचित्य छैन : किरण

काठमाडौं ,सरकारले आज बोलाएको सर्बदलिय बैठक माओबादि लगायत ३३ दलिय मोर्चाले बहिस्कार गर्ने भएका छन् l चुनावी प्रक्रिया र मतदाता नामावली सङ्कलनको विरोध गर्दै आएको ३३ दलीय मोर्चाले भने खिलराज रेग्मी नेतृत्वको सरकारनै अवैधानिक भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।सरकारसँगको बैठकले कुनै निचोड निकाल्न नसक्ने भएकाले आफूहरु बैठकमा सहभागी नुहेन मोर्चाको नेतृत्व गरेको माओबादिले जनाएको छ l यस सम्बन्धमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जारि गरेको प्रेस विज्ञाप्ति यस प्रकारको छ – “नेपाल सरकारको तर्फबाट संविधानसभाको निर्वाचनबारे सर्वदलीय वार्ताका लागि आमन्त्रित गरिएको पत्र प्राप्त भयो । परन्तु वार्तामा सहभागी हुने विषयमा विगतदेखि हामीले उठाउँदै आइरहेका २५ बुँदे आदेश खारेजी लगायतका विषयहरुको सम्बोधन नगरिएको मात्र होइन पछिल्लो समयमा जनताको विरोध हुँदाहुँदै बाह्य शक्तिहरुको दबावमा जनआवाजलाई कुल्चेर जसरी अख्तियार प्रमुखको नियुक्ति गरियो, त्यसले सरकारी वार्तालाई औचित्यहीन बनाएको छ । त्यसैले यदि विद्यमान राजनीतिक सङ्कटको निकासको लागि वार्ता गर्ने हो भने निम्न पूर्व शर्तहरु स्वीकार गरिनुपर्दछ ।
१। चैत्र १ गतेको २५ बुँदे आदेश खारेज गर्न तयार हुनुपर्दछ ।
२। आप्रवासीलाई नेपाली नागरिकता प्रदान गर्ने राष्ट्रघाती नागरिकता विधेयक खारेज गरिनुपर्दछ ।
३। अख्तियार प्रमुखको नियुक्ती बदर गरिनुपर्दछ ।
उपरोक्त ३ वटा पूर्व शर्तहरुको सम्बोधन हुने स्थितिमा मात्र वार्ता सार्थक हुनेछ । अन्यथा निर्वाचनका लागि भनेर गरिएको वार्ताको अर्थ र औचित्य नहुने स्पष्ट छ । साथै ४ दलका शीर्ष नेताहरुकै राष्ट्रिय आत्मसमर्पणवादी मार्गमा लाग्न हाम्रो पार्टी कदापि तयार नहुने कुरा जानकारी गराउन चाहन्छौं ।”