आदिवासीको महाधिवेशनमा ४ दलका नेतालाई निषेध
काठमाडौं, नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा ४ दलका नेतालाई नालायकको संज्ञा दिँदै निषेध गरिने भएको छ । कर्मचारी सरकार र भ्रष्टचारीलाई अख्तियार प्रमुख बनाउनेलगायत जनविरोधी काम गर्ने ४ दलका शीर्षस्थ नेतालाई नालायकको संज्ञा दिँदै उनीहरुलाई महाधिवेशनमा निषेध गरिएको हो ।महासंघ अध्यक्ष राजकुमार लेखी थारुका अनुसार चार दल प्राइभेट लिमिटेडका प्रमुखहरु एमाओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छादारलाई कार्यक्रममा प्रवेश गराइँदैन् ।