नेपाल बन्द फिर्ता

काठमाडौं । नेकपा-माओवादीसहितका ३३ दलले सोमबारका लागि आहृवान गरेको नेपाल बन्द फिर्ता लिएका छन् । आइतबार बसेको ३३ दलको बैठकले नेपाल बन्दको साटो आगामी जेठ १४ गते खुल्लामञ्चमा आमसभा गर्ने निर्णय गरेको छ ।सोमबार नेपाल बन्द गर्ने भनिएकोमा नेवार समुदायको मच्छिन्द्रनाथको रथ जात्रा परेका फिर्ता लिइएको जनाइएको छ । आइतबार बसेको ३३ दलको बैठकपछि औपचारिकरुपमै विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो । सोमबार मच्छिन्द्रनाथको रथ यात्रा परेकाले बन्द फिर्ता लिने निर्णय गरेको हो । तेत्तीस दलको आगामी संघर्षको कार्यक्रमअन्तरगत मंगलबार बिहान ९ देखि ११ बजेसम्म लोकमानसिंह कार्कीको नियक्तिको विरोधमा अख्तियारको कार्यालयमा धर्ना दिने देव गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।त्यसैगरी जेठ १ गते मेचीकाली अभियान अन्तरगत जिल्ला सदरमुकामहरुमा सभा गर्ने, आप्रवासीलाई नागरिकता नदिलाउन खबरदारी गर्ने तथा जेठ १४ गते खुल्लामञ्चमा सभा गर्ने जनाइएको छ ।३३ दलका तर्फबाट ने.क.पा.-माओवादीका सचिव देव गुरुङ्ले जारि गरेको प्रेस विज्ञाप्ति को पूर्ण बिबरण यस प्रकार छ-‘आज मिति २०७० बैशाख २९ गते ने.क.पा.-माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय बैठकबाट लिईएका निम्न निर्ण्र्ायाारु जानकारी गर्राईन्छ ।
भ्रष्टाचारीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेको विरोधमा आयोजना गरिएको बैशाख ३० गतेको नेपाल बन्दको कार्यक्रम नेवारी समुदायको पर्वका कारणले स्थगित गर्ने ।
भ्रष्टाचारीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेको विरोधमा ३३ दल सम्बद्ध जनवर्गीय संगठनहरुको तर्फाबट बैशाख ३१ गते बिहान ९देखि ११ बजेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध पर््रदर्शन गर्ने ।
. जेष्ठ १ गतेबाट शुरु हुने मेची-काली राष्ट्रिय स्वाधीनता अभियानको कार्यक्रमको र्समर्थनमा सबै जिल्ला सदरमुकामहरुमा पनि सोही दिन जनसभाको आयोजना गरी ऐक्यबद्धता पर््रदर्शन गर्ने ।
आप्रवासीहरुलाई नागरिकता नदिलाईयोस भनी खबरदारी गर्दा गर्दै पनि नागरिकता वितरण गर्न भनी शुरु गरिएको सरकारी घुम्ती टोलीले हालै सुनसरी, बारा, सिरहा लगायतका जिल्लाहरुमा भारतीयहरुलाई नागरिकता दिईराखेको समाचारहरु निरन्तर आईरहेका छन् । अतः ती घुम्ती टोलीहरुलाई अविलम्ब फिर्ता गरी विदेशीलाई नागरिकता दिन बन्द गरियोस भनीे यसका विरुद्ध सबै जिल्लामा जनप्रदर्शन र जनसभा गर्ने ।
जेष्ठ १४ गते राष्ट्रिय स्वाधीनता अभियानको समापन कार्यक्रम काठमाडौंको खुलामञ्चमा बृहत जनप्रदर्शनका साथ जनसभा सम्पन्न गर्ने ।”