चार दलको सिण्डिकेट नसच्चिएसम्म वार्तामा बस्दैनौ : किरण

२०७० बैशाख ३१ गते, मंगलवार


काठमाडौ , नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूहरुको मुख्य ३ वटा सर्त पुरा नहुँदासम्म सरकारसँग वार्तामा नबस्ने दोहोर्यएका छन ।क्रान्तिकारी पत्रकार महासंघ कैलालीले गरेको पत्रकार सम्मेलनमा किरणले चार दलको सिन्डिकेटमार्फत भएको सहमतिलाई कुनै हालतमा नमान्ने बताएका छन् ।निर्वाचन गराएर नयाँ संविधान बनाउने भन्ने कुराभन्दा पनि चार राजनितिक दल विदेशीको इसारामा देशलाई फासीवादतिर लैजाने प्रक्रिया अगाडि बढाउन राजनीतिक दलहरु अग्रसर भएको बताए। सरकार आफूहरुको मागप्रति गम्भीर नभएको किरणको भनाइ थियो ।

प्रतिक्रियाहरु

[anycomment]