एमाओवादीका नेता अनन्तको गाडिले मान्छे मारयो

२०७० जेष्ठ २ गते, बिहीबार


काठमाडौ । एमाओवादीका नेता वर्षमान पुन: अनन्तको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार सौरभ थापाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार थापालाई पुनका भाई प्रनीश पुनले चलाएको बा ९ च ६९२२ नम्बरको गाडी बुधबार साँझ ठक्कर दिएको थियो । बुधबार साँझ साढे सात बजे सातदोबाटो यातायात व्यवस्था कार्यालय अगाडि दुर्घटना भएको थियो । दुर्घटनापछि घाइते भएका थापाको पाटन अस्पतालमा उपचारका क्रममा राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल र गाडी दुबै प्रहरीको नियन्त्रणमा रहेको र सवारी ऐन अन्तर्गत कार्वाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडि एनेकपा माओवादी पार्टीको नाममा दर्ता रहेको माओवादीले कब्जा गरेको चोरीको गाडी हो ।

प्रतिक्रियाहरु

[anycomment]