आज विराटनगर बन्द , जनजीवन प्रभावित

२०७० जेष्ठ ९ गते, बिहीबार


काठमाडौ।पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको कारबाही तथा खोजीको माग गर्दै बिहीबार विराटनगर बन्द गराइएको छ। सभासद् मियाँको हत्या भएको तीन दिन बितिसके पनि हत्यारा पत्ता नलागेको र प्रहरी प्रशासन मौन रहेको आक्रोशमा विराटनगर बन्द गराइएको राष्ट्रिय मुस्लिम सङ्घर्ष समिति मोरङले जनाएको छ। उक्त सङ्घर्ष समितिको आह्वानमा विराटनगर बजार, कलकारखाना, शिक्षण संस्था, यातायात बन्द गरिएको छ। बन्दका कारण जनजीवन प्रभावित भएको छ।
गत सोमवार राती हत्या गरिएका पूर्व सभासद् सदरुल हकको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणपछि गृह जिल्लामा शवयात्रा निकालिएको छ । सप्तरी सदरमुकाम राजविराजदेखी शबयात्रा सुरु गरिएको थियो । पूर्व सभासद् हकका हजारौं समर्थकहरूले हत्यारालाई तिब्र कारवाहीको माग गर्दै बिरोध गरेका जनाएका छन् । शबयात्राको क्रममा राजविराज मलेठ, रायपुर, शम्भुनाथ, मोहनपुर गाविस हुँदै मृतकको घर कल्याणपुर–२ पुर्‍याइएको छ । हकको परिवार ,आफन्त र स्थानियहरूले गृहमन्त्री आएर प्रतिबद्धता नजनाएसम्म अन्तिम संस्कार नगरिने जनाएका छन् ।
सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको अज्ञात समूहले हत्या गरिएपच्चात हिजो र आज बिहानैदेखी क्रुर तवरले गरिएको हत्याको बिरोधमा स्थानीवासीले प्रदर्शन गर्नुका साथै राजमार्ग अबरुद्ध गरेका छन् ।कल्याणपुर क्षेत्रको राजमार्गका रुखहरू ढालेर , टायर बालेर र अन्य गतिबिधीहरूका साथ बाटो अरुद्ध पारेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]