गृहमन्त्री घिमिरे सप्तरीमा

२०७० जेष्ठ १० गते, शुक्रबार


काठमाडौ ,पूर्व सभासद सदरुल मिया हकको हत्याका विषयमा छानविनको प्रतिवद्धता जनाउन गृहमन्त्री माधवप्रसाद घिमिरे बिहानै सप्तरी पुगेका छन् । सप्तरी पुगेलगत्तै उनले मियाँ हत्याको छानविन गरि दोषि पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका पक्षसँग वार्ता सुरु गरेका छन् ।मियाँका परिवार र समर्थकले भने आन्दोलनरत जारी राखेका छन् । बन्दका कारण यातायात सेवा आज पनि ठप्प छ । मियाँका आफन्त तथा समर्थकहरुको मागअनुसार गृहमन्त्री माधवप्रसाद घिमिरे कल्याणपुर गाविस पुगेका हुन् ।मियाँको हत्या भएपछि सप्तरीमा बजारहरु बन्द छ भने यातायात सेवा पनि ठप्प पारिंदा लामो तथा छोटो दुरीका सयौं सवारी साधनहरु अलपत्र परेका छन् । गृहमन्त्री हिजो नै जाने भनिए पनि साँझ एक्कासी नजाने भन्ने खबर पाएपछि विरोधमा उत्रिएकाहरु थप आक्रोशित भएका थिए । मुस्लिम संघसंगठनहरुको आह्वानमा सिरहाको लहान पनि बन्द रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]