गृहमन्त्रीको प्रतिवद्धता पछि आन्दोलन स्थगित

२०७० जेष्ठ १० गते, शुक्रबार

काठमाडौ , सरकारले पूर्व सभासद् सदरुल मिँया हकको हत्याको छानवीन गरि दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रीएका आफन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेले प्रतिवद्धता जनाएप्छि मियाôको अन्त्येष्टि गर्न पनि परिवार सहमत भएका छन् ।गृमन्त्री घिमिरे वार्ताका लागि बिहानै सप्तरी पुगेका थिए । आजै आफ्नो संस्कार अनुसार मियाँका अन्तिम संस्कार गरिने भएको छ । पूर्व सभासद सदरुल मिया हकको हत्याका विषयमा छानविनको प्रतिवद्धता जनाउन गृहमन्त्री माधवप्रसाद घिमिरे बिहानै सप्तरी पुगेका थिए । बन्दका कारण यातायात सेवा आज पनि ठप्प छ । मियाँका आफन्त तथा समर्थकहरुको मागअनुसार गृहमन्त्री माधवप्रसाद घिमिरे कल्याणपुर गाविस पुगेका हुन् ।मियाँको हत्या भएपछि सप्तरीमा बजारहरु बन्द छ भने यातायात सेवा पनि ठप्प पारिंदा लामो तथा छोटो दुरीका सयौं सवारी साधनहरु अलपत्र परेका छन् । गृहमन्त्री हिजो नै जाने भनिए पनि साँझ एक्कासी नजाने भन्ने खबर पाएपछि विरोधमा उत्रिएकाहरु थप आक्रोशित भएका थिए । मुस्लिम संघसंगठनहरुको आह्वानमा सिरहाको लहान पनि बन्द रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]