अस्थायी डाइभर्सन फेरी बगयो
काठमाडौं, १२ जेठ– आइतबार विहानै बाढीले नवलपरासीको लौकाहा पुलको अस्थायी डाइभर्सन फेरी बगाएको छ । डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ- बुटवल सडक खण्डमा यातायात फेरी अवरुद्ध भएको छ ।पूर्व पश्चिम राजमार्गको सो खण्ड अवरुद्ध हुँदा हजारौं यात्रु राजमार्गमै अलपत्र परेका छन् । शनिवार रातीको बाढीले चार दिनअघि बनाएको डाइभर्सन बगाएपछि आइतवार विहान ३ बजेदेखि यातायात अवरुद्ध भएको हो । यसअघि शुक्रवार बेलुकी पनि बाढीले डाइभर्सन भत्काएपछि अवरुद्ध बनेको यातायात आठ घण्टापछि एकतर्फी रुपमा सञ्चालन भएको थियो ।पानी पर्ने क्रम नरोकिएका कारण डाइभर्सन मर्मत गरी सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।