प्रचण्डलाइ थप्पड हान्ने पदम कुँवरले पत्रकार सम्मेलन गर्ने

काठमाडौ , प्रचण्डलाइ थप्पड हान्ने पदम कुँवरले भोलि जेठ १७ गते राजधानीको संवाद डबली, अनामनगरमा दिउसो १२ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचण्ड बाट पटक पटक प्रताडित भएको भन्दै उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले भोलि गर्ने पत्रकार सम्मेलनको लागि पठाएको निमन्त्रणा जस्ताको त्यस्तै –
” विषय : निमन्त्रणा ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई मैले विविध
कारणले थप्पड हान्न पुगे र घटनाको क्रममा ममाथि पनि अंगभंग हुने गरी
अक्रमण भयो । घटनालाई सामान्य बनाउने उद्देश्यले अन्न्याय सहदै चुप लागेर
बसे । तर, उहाँले घटनालाई बारम्बार ठूलो र लामो बनाउने कार्य जारी
राखिराख्नुभएको छ । सार्वजनिक रुपमा मुद्धा फिर्ता गरेको भन्दै
हिड्नुभएको छ तर त्यो गलत छ । मैले लगातार तारिख बोकिरहेको छु ।
उहाँहरुले मलाई पख्लास् र हेर्लास्को रणनीति अपनाइरहनुभएको छ । सार्वजनिक
रुपमा एउटा कुरा गर्ने र भित्र मलाई दुख दिइरहनुभएको छ । घटनाबारे
सत्यतथ्य सार्वजनिक गर्न निम्न मिति र स्थानमा पत्रकार सम्मेलनको आयोजना
गरिएको छ । उक्त पत्रकार सम्मेलनमा सहभागी भइ मेरो दुखमा साथ दिइदिनहुन
हार्दिक अनुरोध गर्दछु ।
मिति : २०७० जेठ १७ गते ।
स्थान : संवाद डबली, अनामनगर ।
समय : दिउसो १२ बजे ।
पदम कुँवर “