दल दर्ताको सरकारी प्रयास असफल : ३३ दल

काठमाण्डौ । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन आयोगले दल दर्ताको लागि दिएको समयसीमामा मोर्चा फुटाउने अभिप्रयाले तोकिएको र त्यो प्रयास असफल भएको ठहर गरेको छ । शुक्रवार विहान नेकपा-माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय मोर्चाको कार्यदलको वैठकले मोर्चा फुटाउने सरकारी प्रयास असफल भएको ठहर गरेको हो । वैठकले निर्वाचन आयोगले विहीवारसम्मका लागि दल दर्ताको समयसीमामा मोर्चामा आवद्ध ३३ दलले नै दल दर्ता नगराएकाले मोर्चा एकताबद्ध भएको सन्देश गएको ठहर समेत गरेको जानकारी दिइएको छ । वैठकले आन्दोलनरत दलहरुलाई सहमतिमा नल्याइ दल दर्ताका लागि समयसीमा तोक्नुको कुनै तुक नभएको निष्कर्ष समेत निकालेको छ ।
प्रमुख चार दलवीच गत चैत १ गतेको भएको ११ बुँदे सहमति र राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउको सहमति खारेज नभएसम्म निर्वाचन पनि हुन नसक्ने र आफूहरु वार्तामा पनि नबस्ने ३३ दलले निर्णय लिएको छ । यस्तै बैठकले प्रतिगमन र निर्वाचनवारे जेठ २० देखि राजधानीसहित विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज लगायतका प्रमुख सहरहरुमा गर्ने निर्णय गरेको छ ।बैठकले ३३ दलको जारी आन्दोलनको समीक्षा गर्दै आन्दोलनलाई थप सशक्तरुपमा अघि बढाई निर्णायक स्तरमा पु¥याउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।