सरकार र कमलरीबीचको वार्ता निष्कर्षहीन

२०७० जेष्ठ २२ गते, बुधबार

काठमाडौ, २२ जेठ । सरकार र आन्दोलनरत कमलरीहरुबीचको वार्ता निष्कर्षहीन भएको छ ।
कमलरी सङ्घर्ष समितिले सिर्जना चौधरीका हत्यारा तत्काल पक्राउ गर्न माग गरेको र सरकारी पक्षले भने पहल गरिने तर तत्काल समाउन संभव नभएको बताएपछि वार्ता विना निष्कर्ष सकिएको हो ।वार्तामा सहभागी पूर्व सभासद् शान्ता चौधरीले सरकार आफूहरुको मागप्रति सकारात्मक नभएकाले वार्ता अघि नबढेको जानकारी दिनुभयो । यसअघि सरकारसँग हिजो भएको वार्ता पनि विना निष्कर्ष भएको थियो । सङ्घर्ष समितिले प्रहरी दमनको छानबिन हुनुपर्ने, कमलरीका गहना र पैसा लुट्ने प्रहरीलाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै आएका छन् ।
ललितपुरको एक इन्जिनियरको घरमा कमलरी बसेकी १२ वर्षकी सिर्जना चौधरीको मृत्यु रहस्यमय भएकाले छानबिन हुनुपर्ने भन्दै मुक्तकमलरी तथा कमलरी अधिकारका लागि काम गर्नेहरु आन्दोलनमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]