आज नेपाल बन्द

काठमाडौ, २ असार । नेकपा- माओवादीसहितका ४२ राजनीतिक दलले संविधानसभा निर्वाचनको मिति घोषणाको विरोधमा आज नेपाल बन्द गरेका छन् ।
सरकरले बिहीबार निर्वाचनको मिति घोषणा गरेको विरोधमा आज नेकपा–माओवादीसहितका ४२ दलले नेपाल बन्द गरेका छन्। असंवैधानिक रुपमा निर्वाचनको घोषणा गरिएकाले जनताको पक्ष्ँमा विरोध गर्न बाध्य भएको आन्दोलनकारी दलले बताएका छन ।
सरकार एक लौटी रुपमा अघि बढेको भन्दै निर्वाचनको मिति घोषण, २५ बुँदे बाधाअड्काउ फुकाउ सहमति र ११ बुँदे सम्झौता खारेज हुनुपर्ने माग ४२ दलले राखेका छन् । आन्दोलनमा नेकपा–माओवादी मोर्चामा आवद्ध ३३ दल, फोरम नेपाल, संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध आठ दल र संघीय समाजवादी पार्टी गरी ४२ बटा दल छन ।