एमाओवादीमा बबण्डर विस्तारित बैठक बोलाइने

काठमाडौं, असार १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पद बाँडफाँडमा विवाद भएपछि विस्तारित बैठक बोलाउने प्रस्ताव गरेका छन् ।पार्टी कार्यालय कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले विस्तारिक बैठक बोलाउने प्रस्ताव गरेका हुन् । प्रचण्डको प्रस्तावमाथि अहिले केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।पद बाँडफाँडको प्रचण्डको प्रस्तावमा आलोचना र विरोध भएपछि प्रचण्डले विस्तारित बैठकको प्रस्ताव गरेका हुन् । बैठकमा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई पद त्यागको घोषणा फिर्ता लिन आग्रह गर्दा पनि उनले अस्वीकार गरे पछि यस्तो प्रस्ताव आएको श्रोतले जनाएको छ ।