माओवादीको बैठक जारी

काठमाण्डौं, १७ असार । नेकपा-माओवादीको पोखरामा चलिरहेको बैठकमा हिजोदेखि अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब राम बहादुर थापा ‘बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्र बिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबमाथि छलफल सुरु भएको छ । हिजोको बैठकमा अध्यक्ष, महासचिब र सचिबको प्रस्तावमाथि पोलिटब्युरो सहित ५३ जना केन्द्रिय सदस्यले आफ्नो धारणा राखेको माओबादीका नेता प्रकाण्डले बताए । पहिलोपटक उपत्यका बाहिर सुरु भएको बैठकमा आगामी संविधानसभाको औचित्य, पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल भैरहेको छ l बैठकमा केन्द्रीय, पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरुको सहभागिता रहेको माओवादीले जनाएको छ ।