माओवादीको बैठक जारी- आज १७ जनाले आफ्नो धारणा राखे

काठमाण्डौं, १७ असार । नेकपा-माओवादीको पोखरामा चलिरहेको बैठकमा हिजोदेखि अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब रामबहादुर थापा बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्रबिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबमाथि आज पनि छलफल सुरु भएको छ । हिजोको बैठकमा अध्यक्ष, महासचिब र सचिबको प्रस्तावमाथि पोलिटब्युरो सदस्य प्रकाण्ड , सोनाम ,धर्मेद्र र बसन्तसहित ५३ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने आज बिहानको बैठकमा पोलिटब्युरो सदस्य प्रतिक लगायत १७ जना केन्द्रिय सदस्यले आफ्नो धारणा राखेका छन् l बैठकमा आफ्नो धारणा राख्ने क्रममा सबै सदस्यले बर्तमान संबिधान सभाको निर्वाचन प्रतिगमनकारी भएकोले ससक्त रुपमा बहिस्कार गर्नु पर्नेमा जोड दिएका छन् l बैठक अहिले खाना खानको निम्ति एक घण्टाको लागि स्थगित भएको नेता प्रकाण्डले बताएका छन् l