माओवादीको बैठक पुन: बस्दै

२०७० असार १८ गते, मंगलवार

काठमाण्डौं, १८ असार । नेकपा-माओवादीको पोखरामा चलिरहेको बैठकमा अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब रामबहादुर थापा बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्रबिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबमाथि आज पनि छलफल सुरु भएको छ । हिजोसम्मको बैठकमा अध्यक्ष, महासचिब र सचिबको प्रस्तावमाथि पोलिटब्युरो सदस्य प्रकाण्ड , सोनाम ,धर्मेद्र ,बसन्त , सुमन र पम्फा भुसाल सहित १०७ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेका थिए l बैठक आज बिहान८ बजे पुन बस्दै छ l बैठकमा आफ्नो धारणा राख्ने क्रममा सबै सदस्यले बर्तमान संबिधान सभाको निर्वाचन प्रतिगमनकारी भएकोले ससक्त रुपमा बहिस्कार गर्नु पर्नेमा जोड दिएको बताइएको छ l तीन दिनदेखि पोखरामा जारी नेकपा- माओवादीको केन्द्रीय समिति पूर्ण बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम आज सकिँदै छ ।

प्रतिक्रियाहरु

[anycomment]