सहमति विनाको निर्वाचन विथोल्छौँ : बिप्लव

२०७० श्रावण ४ गते, शुक्रबार

डोटी, ४ साउन । नेकपा–माओवादीका सचिव नेत्र बिक्रम चन्द बिप्लवले राजनीतिक सहमति विना गरिएको सविधानसभाको निर्वाचन जनताको बलमा विथोल्ने चेतावनी दिएका छन ।डोटीको सिलगढीमा आज आयोजित माओवादी सेती महाकाली राज्य समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बिप्लवले नेपाली जनताको चाहाना माथी खेलबाड र माओवादी माथी षड्यन्त्र गरिए चारदल र कटपुली सरकारले ठूलै मुल्य चुकाउनु पर्ने दाबी गरे ।बिप्लवले सरकार र चार दलको सर्तसहितको बार्ताको कुनै औचित्य नभएको बताए ।कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला, सेती महाकाली राज्य समितिका इन्चार्ज ओम प्रकाश पुनः लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]