आजवाट चुनाव बहिस्कार आन्दोलन

२०७० श्रावण १० गते, बिहीबार

काठमाडौं,१० साउन, । नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गर्दैछ । यथास्थितिको चुनाव बहिस्कार गर्ने पोखरा बैठकको निर्णय अनुसार माओवादीले आज देशभर एकसाथ आमसभा गरेर चुनाव बहिस्कार आन्दोलन सुरु गर्न लागेको छ ।
माओवादीका अनुसार आज दिउँसो २ बजेपछि काठमाडौंको शान्तिबाटिकामा हुने बहिस्कारसभालाई महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्ने छन् भने भक्तपुरमा हुने सभालाई सचिव नेत्रविक्रम चन्द विप्लव र ललितपुरको लगनखेलमा हुने सभालाई अर्का सचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

[anycomment]