मत पेटिका फुटाएर सुरु भयो बहिस्कार आन्दोलन

२०७० श्रावण १० गते, बिहीबार

काठमाडौं ,१० साउन। नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गरेको छ ।रत्नपार्क शान्तिबाटिकामा भएको बहिस्कार सभामा माओवादी महासचिव रामबहादुर थापा बादलले मत पेटिका फुटाएर आन्दोलनको सुरुवात गरेका छन् । सभामा प्रतिकात्मक रुपमा बनाइएको संविधानसभा निर्वाचन मत पेटिका बादलले हम्वरले हानेर फुटाएका थिए ।

यसैगरी , नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले बिहीबार भक्तपुरमा निर्वाचनको बिरोधमा पार्टीले गरेको कार्यक्रममा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल भित्रका राष्ट्रवादी शक्तिहरुसंग पनि आफूहरुको छलफल भइरहेको जानकारी दिए ।नेपाली सेना, प्रहरी, प्रशासन र कर्मचारी तन्त्रमा रहेका राष्ट्रवादीहरुसंग पनि छलफल भइरहेको दावी गर्दै बिप्लवले भने–”यो नया कुरा होइन, हामी राष्ट्रवादी शक्तिहरुसंग विगतदेखिनै छलफलमा छौं ।”बिप्लवले “मुलुकमा कोही राजावादी नभएको बताएका छन् । राजा नभएको ठाउमा राजावादी भनेर बहस चलाइनु हास्यास्पद भएको उनको टिप्पणी छ ।बिप्लवले राष्ट्रियताको सवालमा सबै राष्ट्रवादी शक्तिहरुबीच सहकार्य गर्न सकिने दोहोर्‍याए । ”राजा फिर्ता ल्याउने कसैको हैसियत छैन,” उनले भने ”जसलाई राजा फकिर्ने डर छ उसैले राजावादीको हल्ला चलाएको हो । हामी त्यस्तो बहसमा छैनौं ।”

प्रतिक्रियाहरु

[anycomment]