एस एल सी पुरक परिक्षाको नजिता सार्वजनिक
काठमाडौ,२४ भदौ :परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा आज प्रकाशन गरेको छ। परीक्षामा एक लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकामा ६७ हजार ०५१ (६०.०१ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए। उत्तीर्ण हुनेमा ३२ हजार ९८ छात्र र ३४ हजार १ सय ४३ छात्रा छन्।
गत साउन २० देखि साउन २७ गतेसम्म सञ्चालित २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा परीक्षा समाप्त भएको २९ औँ दिनमा नतिजा प्रकाशन गरिएको हो। परीक्षामा अमर्यादित तथा अनियमित कार्य गर्ने ६४ परीक्षार्थीको परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ। पूरक परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या शून्य तथा प्रथम श्रेणीमा एक हजार ६ सय १०, द्वितीय श्रेणीमा ४८ हजार ८ सय ६७ र तृतीय श्रेणीमा १६ हजार ५ सय ७४ जना उत्तीर्ण भएका छन्।
नेपाल टेलिकमको आइभिआर पद्धतिको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ।
परीक्षाको नतिजा हेर्नका लागि
शिक्षा मन्त्रालयको वेवसाईट www.doe.gov.np
शिक्षा विभागको www.moe.gov.np
परीक्षा नियन्त्रण कार्यालयको www.doe.gov.np
नेपाल टेलिकमको www.slc.ntc.net.np लगअन गरेर नतिजा हेर्न सकिने छ ।
त्यस्तै नेपाल टेलिकमको १४०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।
