मंसिरमा चुनाव असम्भव : गुरुङ

काठमाडौं, २९ भदौ : नेकपा-माओवादीका सचिव देव गुरुङले राष्ट्रपतिको आग्रहमा भएको र्सवदलिय बैठक सकारात्मक भएको बताएका छन् । तर मंसिर महिनाभरि ब्यवहारिक र प्राविधिक दुवै हिसावले संविधानसभाको चुनाव असम्भव भएको जानकारी दिए । संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता गुरुङले भने, ‘यो बेला पनि सहमति भएन भने चार दललाई इतिहासले क्षमा दिने छैन भन्ने कुरा दलहरुभित्रै कुरा उठ्न थालेको छ, यो सकरात्मक कुरा हो ।’ सचिव गुरुङले बाहृय शक्तिको रिमोटबाट चार दल नचलेमा राष्ट्रिय सहमति हुने पक्का भएको जानकारी दिदै भने, ‘अब राष्ट्रिय सहमति हुने सम्भावना बढेर गएको छ, विगतका वार्ता र गोलमेच सम्मेलन पनि बाहृय शक्तिको प्रभावका असफल भएका हुन् ।’ उनले आफ्नो पार्टर्ीी निर्दलियताको तुलनामा बहुदलिय व्यवस्था स्वीकार गरेका प्रसंग उल्लेख गर्दै बहुदलिय अभ्यासमा गएका दलहरु निर्दलको पक्षमा गएकोमा आश्चार्य प्रकट गरे । विगतको राजतन्त्रभन्दा रेग्मी सरकार कम नभएको बताउँदै उनले भने, ‘२०४६ यताको सबैभन्दा बलियो यही निर्दलिय सरकार भएको छ ।’ व्रि्रोहीले कानुन मिच्दा स्वभाविक मानिने परम्परा भएपनि यहाँ सत्तारुढहरुले नै कानुन र संविधान मिचेको दावी गर्दै उनले भने, ‘सत्तारुढ व्रि्रोही जस्तो र व्रि्रोही पक्ष सत्तापक्ष झै बन्नु अर्को राजनैतिक विडम्वना हो ।’ ३३ दलको तर्फाट छलफलमा सहभागी नेता गुरुङले राष्ट्रिय सरकारको कुरा सरकारले गर्नु पर्नेमा आफूहरुले गर्नु परिरहेको दावी गरे । उनले भने, ‘अब सबैले वीन वीन हुने अवस्था खोज्नु पर्दछ ।’– दीपेन्द्र रावल