निर्वाचनमा मनोनयन नै दर्ता गर्न दिदैनौ : गौरब

२०७० आश्विन १ गते, मंगलवार

काठमाडौं, १ असोज । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले आफूहरुलाई बाईपास गरेर गरिने संविधानसभाको निर्वाचनमा उमेदवारी दिन खोज्नेलाई कब्जामा लिएर मनोनयन नै दर्ता गर्न नदिने स्पष्ट पारेका छन् ।रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले मनोनयन दर्ता गर्न नदिएपछि निर्वाचन नै नहुने दाबी गरे । हामि मनोनयन दर्ता गर्न खोज्नेहरुलाई नियन्त्रणमा बन्द कोठामा दालभात खुवाउँदै राजनीतिक गफ गरेर राँख्छौ । मनोनयनको समय सकिएपछि फुलमाला लगाएर सम्मानपूर्वक विदाई गर्छौ ,गौरब भने । उपाध्यक्ष गौरबले यथास्थितिमा संविधान लेख्न भन्दा पनि मुलुकलाई सिक्किमीकरण गर्न निर्वाचन गर्न लागिएको दावी गर्दै अहिलेको निर्वाचनमा उमेदवार बन्नेहरु सबै लेण्डुप दोर्जे हुने बताए ।गौरबले भने–सिक्किमीकरण गर्न लागिएको निर्वाचनमा उमेदवार दिनु भनेको लेण्डुप दोर्जे बन्नु हो । त्यसैले अब घरमा छोराले बुबालाई, बुबाले छोरा छोरीलाई, श्रीमतीले श्रीमानलाई लेण्डुप दोर्जे बन्न नजानु भनेर भन्नु पर्छ । बहिस्कारमा सबैले शान्तिपूर्ण रुपमा साथ दिनु पर्छ ।
उपाध्यक्ष गौरबले नेपालको ईतिहासमा अहिलेसम्म कहिल्यै पनि नभएको बहिस्कार हुने चेतावनी दिदै भने–तपाईहरु ढुक्क हुनुस चुनावै नहुने गरी बहिस्कार हुन्छ ।आफूहरुको बहिस्कार आन्दोलन शान्तिपूर्ण हुने भन्दै त्यसलाई शान्तिपूर्ण नै हुन दिन अरु पक्षले पनि सहयोगात्मक भूमिका खेल्नु पर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]