सुरुङ निर्माण सुरु

२०७० कार्तिक २५ गते, सोमबार

काठमाडौ, २५कात्तिक – काठमाडौ–कुलेखानी– हेटौंडा सुरुङ मार्ग निर्माणको काम सोमबारदेखि सुरु हुँदैछ । मकवानपुरको भीमफेदीबाट काम सुरु हुने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ ।नेकपा माओवादी नेतृत्वको मोर्चाको बन्द आह्वानका कारण निर्माणकार्य प्रभावित हुन सक्ने भएकाले सोमबार सामान्य काम मात्र थालिने कम्पनीले जनाएको छ ।कम्पनीले सरकार, राजनीतिक दल लगायतको सहयोग मिलेकाले मंसिर ४ को संबिधान सभा चुनावलाई असर नपर्ने गरी काम हुने जानकारी दिएको छ ।यो सुरुङमार्ग देशकै पहिलो सुरुङमार्ग हो । यसको निर्माणपछि काठमाडौदेखि हेटौंडासम्मको ५६ किलोमिटर दूरी डेढ घण्टामै पूरा गर्न सकिनेछ ।अहिले काठमाडौबाट हेटौडा पुग्न त्रिभुवन राजपथबाट १ सय ३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २ सय २७ किलोमिटर पर्छ । सुरुङ निर्माण कार्य ४ वर्षमा सक्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बैंकको ब्याजदर घट्यो !

२०८३ श्रावण ३१ गते, आईतवार