चितवनमा डेंगु आतंक

२०७० मंसिर २० गते, बिहीबार


चितवन, २० मंसिर । डेंगु रोगका बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला रोग परीक्षण गर्ने किटको अभाव भएपछि डेंगुको महामारी फैलिने त्रास बढेको बताइएको छ । डेंगु रोगको परीक्षण गर्दै आएको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा किटको अभाव भएपछि समस्या आएको बताइएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार गत एक सातादेखि किट सकिएको हो ।किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएको केसीले जानकारी दिए । अहिलेसम्म चितवनमा एक हजार ६ सय ९१ जनाको रगत परीक्षण गरिएकामा ३१२ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ ।डेंगुको सङ्क्रमण बढ्दै गएपछि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका कार्यकारी निर्देशकसहितको टोलीले चितवनको वस्तुस्थितिबारे अनुगमन समेत गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार