राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

२०७० माघ २३ गते, बिहीबार


काठमाडौँ, २३ माघ :नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित १२ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आगामी माघ २३ देखि २७ सम्म काठमाडौँमा हुने भएको छ ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेलामा ३१२ वटा कक्ष रहने र जसमा नवीकरणीय ऊर्जा, महिला उद्यमी, लघु उद्यमी, हरित ग्यास निर्माण, छाला जुत्तासम्बन्धी सामग्री हुनेछ ।
मेलामा १ लाख ५० हजारले मेला अवलोकन गर्ने तथा रु १५ करोड भन्दा बढीको आर्थिक कारोवार हुने दाबी महासङ्घका अध्यक्ष सुरेश प्रधानले दाबी गरे ।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेलले मेलामा नवीकरणीय ऊर्जाको प्रदर्शनी हुनुका साथै सौर्य ऊर्जा, वायोग्यास, लघु तथा साना जलविद्युत्, जैविक ऊर्जा जस्ता प्रदर्शनीबाट प्रविधि अनुसन्धान र काम गर्ने सङ्घसंस्था लाभान्वित हुने बताए ।
कार्यक्रममा नेपाल टेलिकमले विशेष छुटका साथ सिमकार्ड वितरण हुने त्यस मेलामा विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरू गैरसरकारी संस्था र निजी कम्पनीको सहयोग रहने जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु