पूवाञ्चल महोत्सव फागुन १६ देखि
काठमाडौँ । उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन, लघुउद्यम, सूचना तथा प्रविधिको बृहत् प्रदर्शनी गर्ने उद्देश्यले आगामी फागुन १६ देखि २६ गतेसम्म १० दिन उदयपुरमा पूवाञ्चल क्षेत्रीय महोत्सव आयोजना गर्न लागिएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय निर्यात पर््रबर्द्धन समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार निर्यात प्रबर्द्धन केन्द्र तथा घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वर काठमाडौँको आयोजनामा फागुन १६ देखि २६ गते १० दिनसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्दै आवश्यक तयारी सुरु गरिएको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव चुडामणि कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । महोत्सवबाट स्थानीय वस्तु तथा सेवाको बजार पर््रबर्द्धन, उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन, उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि, कृषि पेसालाई व्यवसायिक रूपमा उन्मुख गराउन सहयोग, आधुनिक एवं नयाँ वस्तु विकास गर्ने अवसर सिर्जना, व्यवसायिक चेतना अभिवृद्धि, सूचना प्रविधिसम्बन्धी जानकारी, पर्यटकीय क्षेत्रको पहिचान गर्नसक्ने लक्ष्य लिइएको छ । यसैगरी रौतापोखरी मन्दिर निर्माण, रौताबाट प्याराग्लाडिङ उडान र धालागमा र्याफ्टिङ्गको व्यवस्था, चौदण्डिगढीको संरक्षण र पर्यटन क्षेत्रको रूपमा विकास गर्दै वाहय पर्यटकको प्रवेशलाई प्रचारप्रसार गर्न महोत्वसले महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने आयोजक त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष भरत र्राईले जानकारी दिए । महोत्सवले करिब डेढ करोडको कारोबार तथा डेढ लाखभन्दा बढी दर्शक भित्राउने लक्ष्य राखिएको र्राईले बताए । एक सय २५ स्टल राखिने महोत्सवमा स्थानीय उत्पादन, विभिन्न कृषि सामग्री, सूचना प्रविधि, इलोक्ट्रोनिक्स सामग्री, हस्तकला छालाका सामग्री, निर्माण सामग्री, अटोमोवाइललगायत पर््रदर्शनीमा राखिने छ । महोत्सवको आकर्षाका लागि औद्योगिक प्रदर्शनी तथा खरिदबिक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको पर््रदर्शनी तथा खरिद, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने छ । महोत्सव व्यवस्थापनका लागि विभन्न उपसमितिहरू गठन गरिएको छ । जसअनुसार संघका अध्यक्ष गजेन्द्रकुमार भगतको संयोकत्वमा र्सवपक्षिय एक सय ५० जनाको मूल आयोजक समिति गठन गरिएको छ ।
त्यसैगरी महासचिव चुडामणी कार्कीको संयोजकत्वमा प्रचारप्रसार समिति, सदस्य कुमार घिमिरेको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, कोषाध्यक्ष लक्ष्मीनारायाण श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, प्रथम उपाध्यक्ष भरतसिंह र्राईको संयोजकत्वमा अतिथि सत्कार समिति, सचिव कृष्ण भण्डारीको संयोजकत्वमा प्रायोजक तथा स्टल व्यवस्थापन समिति गठन गरिएको छ ।